आर्थिक

कुमारी क्यापिटल र भारतको ध्रुव क्यापिटल सर्भिसेज बीच सहकार्य गर्ने सम्वन्धी सम्झौता

२७ मङ्सिर, काठमाडौँ । कुमारी क्यापिटल लिमिटेड र भारतको प्रतिष्ठित ध्रुव क्यापिटल सर्भिसेज लिमिटेड बीच आज एक सहमतिपत्रमा हस्ताक्षर भएको छ । यो सम्झौता वमोजिम क्यापिटलले प्रदान गर्ने संस्थागत परामर्श सेवा अन्तर्गत नेपालमा बैदेशिक लगानी प्रवद्र्धन गर्न सहकार्य गर्ने उद्देश्य रहेको छ ।

कुमारी क्यापिटल लिमिटेड, जसले नेपालमा वित्तीय सेवा, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा प्रदान गर्दै आएको छ, र भारतमा अवस्थित ध्रुव क्यापिटल सर्भिसेज लिमिटेड एक गैर–बैंकिङ वित्तीय कम्पनी Non Banking Financial Company -NBFC) हो र यस कम्पनी आरबीआई द्वारा इजाजतपत्र प्राप्त कम्पनी हो, जसले नेपालको सूचीकृत तथा गैर–सूचीकृत कम्पनीहरूमा लगानी गर्ने योजना बनाएको छ । साथै, कम्पनीले सूचीकृत बैंक तथा बित्तिय संस्थाहरुको संस्थापक शेयरहरू, Non Banking Financial Company -NBFC लगायत जलविद्युत परियोजनाहरूमा समेत लगानी गर्ने उद्देश्य राखेको छ । यी लगानीहरू नेपालको ऊर्जा, वित्तीय, र सामाजिक क्षेत्रको दिगो विकासमा योगदान पुर्याउन केन्द्रित हुनेछन् । दुबै कम्पनी बीच भएको यो सम्झौता अन्तर्गत उक्त कम्पनीले नेपालमा गर्ने लगानीहरूलाई व्यवस्थित गर्न, सहजीकरण प्रदान गर्न, नेपाल बैदेशिक लगानी र रणनीतिक योजना कार्यान्वयनमा कुमारी क्यापिटलले मध्यस्थकर्ताको रूपमा काम गर्नेछ । यस साझेदारीले नेपालमा वैदेशिक लगानीको प्रवाहलाई तीव्र बनाउन र दिगो आर्थिक विकासलाई टेवा पु¥याउने विश्वास लिइएको छ ।

सम्झौता पत्रमा हस्ताक्षर समारोहमा, कुमारी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले यस सहकार्यलाई नेपालका क्यापिटल मार्केट क्षेत्रका लागि एक महत्वपूर्ण कदमका रूपमा रहेको उल्लेख गर्दै, यसले नेपालको आर्थिक विकासमा नयाँ आयाम थप्ने र बैदेशिक लगानीलाई सहज वातावरण निर्माण गर्न योगदान दिने विचार व्यक्त गरे ।

त्यस्तैगरी, ध्रुव क्यापिटल सर्भिसेज लिमिटेडका तर्फबाट Mr. Ritesh Shaw ले नेपाल जस्तो सम्भावनायुक्त बजारमा लगानी गर्न आफूहरु निकैनै उत्साहित रहेको भनाई राख्दै कुमारी क्यापिटल जस्तो स्थापित स्थानीय साझेदारले लगानी प्रक्रियालाई सहज र प्रभावकारी बनाउनेमा विश्वास व्यक्त गरे ।
सम्झौताअनुसार, कुमारी क्यापिटलले नेपालमा लगानी अवसरहरूको पहिचान, कानूनी र वित्तीय परामर्श, परियोजनाको मूल्यांकन, र ध्रुव क्यापिटल सर्भिसेज लिमिटेडको लगानी प्रक्रियाको व्यवस्थापनमा सहयोग पु¥याउनेछ ।