समाचार

सहकारी ठगीमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का

२७ मङ्सिर, काठमाडौँ । विभिन्न सहकारी संस्थाको रकम अपलचनपछि फरार रहेका जीबी राईको राहदानी रोक्का गरिएको छ ।

उनको राहदानी जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा राहदानी विभाले रोक्का गरेको बताइएको छ ।

जीबीको राहदानी रद्द गर्न भन्दै जिल्ला प्रहरी कार्यालय कास्की प्रहरीले ३० वैशाखमा राहदानी विभागलाई पत्र पठाएको थियो । तर त्यतिबेला विभागले जीबीको राहदानी बदर गर्न नमिल्ने भन्दै प्रहरीलाई पत्र पठाएको थियो ।