समाचार

स्काउटले संसदीय समितिलाई  पठायो पत्र– ऊर्जामन्त्री खड्काको कम्पनीले अझै पाँच करोड १९ लाख भाडा तिर्न बाँकी

२७ मङ्सिर, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको कम्पनीले नेपाल स्काउटलाई अझै पाँच करोड १९ लाखभन्दा बढी रकम तिर्न बाँकी रहेको खुलेको छ ।

स्काउटले राज्य व्यवस्था तथा सुशासन समितिमा पठाएको विवरणमा खड्काको खड्का डेभलपमेन्ट प्रालिले भाडा र जरिवानाबापतको पाँच करोड १९ लाख २७ हजार ८५१ रुपैयाँ तिर्न बाँकी रहेको उल्लेख छ ।

स्काउटले पठाएको पत्र-