२ पुस, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने थप ४ दिन हिरासतमै रहने भएका छन् ।
आज कास्की जिल्ला अदालतले उनलाई थप ४ दिन हिरासतमै राख्न अनुमति दिएको हो ।
पोखरास्थित सूर्यदर्शन सहकारी ठगीमा संलग्न रहेको आरोपमा उनलाई प्रहरीले गत कार्तिक २ गते पक्राउ गरेको थियो । उनमाथि आज ८औं पटक म्याद थप गरिएको हो । कास्की प्रहरीले सो सहकारी ठगीमा संलग्न रहेको आरोपमा लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालयमा रायसहितको अनुसन्धान प्रतिवेदन पेश गरिसकेको छ ।





