७ पुस, काठमाडौँ । काठमाडौँ गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्घक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष गरिमा म्युचूअल फण्ड अन्तर्गत पहिलो बन्दमुखी योजनाको रुपमा रु. एक अर्ब बराबरको “गरिमा समृद्घि योजना” आज २०८१ साल पौष महिना ०७ गतेबाट सार्वजनिक भएको छ ।
नेपाल धितोपत्र बोर्डको स्वीकृति बमोजिम आज सार्वजनिक रुपमा निष्काशन भएको गरिमा समृद्घि योजनाको संक्षिप्त जानकारी देहाय बमोजिम रहेको छ :
गरिमा समृद्धि योजना सम्बन्धी संक्षिप्त जानकारी :
| 1 | योजनाको नाम | गरिमा समृद्धि योजना |
| 2 | योजनाको प्रकार | बन्दमुखी |
| 3 | योजनाको आकार | रु. १,००,००,००,००० (एक अर्ब रुपैयाँ मात्र) |
| 4 | निष्काशन गर्न लागिएको इकाई संख्या | १०,००,००,००० (दश करोड मात्र) |
| 5 | प्रति इकाई मूल्य | रु. १०– (अक्षरेपीः दश रुपैयाँ मात्र) |
| 6 | कुल निष्काशन मध्ये न्यूनतम बिक्री हुनुपर्ने इकाई संख्या | ५,००,००,००० (पाँच करोड मात्र) |
| 7 | कुल निष्काशन मध्ये अधिकतम सकारिने इकाई संख्या | १२,५०,००,००० (बाह्र करोड पचास लाख मात्र) |
| 8 | योजनाको अवधि | १० वर्ष |
| 9 | योजना बिक्री खुल्ला हुने मिति | २०८१ साल पौष ७ गते |
| 10 | योजना बिक्री बन्द हुने मिति (छिटोमा) | २०८१ साल पौष ११ गते (बैंकिङ्ग समय पश्चात्) |
| 11 | योजना बिक्री बन्द हुने मिति (ढिलोमा) | २०८१ साल पौष २१ गते (बैंकिङ्ग समय पश्चात्) |
| 12 | योजना परिपक्व हुने मिति/अवधि | योजनाको इकाई बाँडफाँट भएको मितिले १० वर्ष । |
| 13 | सूचीकरण तथा दोस्रो बजार कारोवार व्यवस्था | इकाईहरु नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकृत गरी कारोवारको व्यवस्था गरिनेछ । |
| 14 | कोष प्रवद्र्धकको नाम र ठेगाना | गरिमा विकास बैंक लिमिटेड, लाजिम्पाट, काठमाडौँ । |
| 15 | योजना व्यवस्थापक तथा डिपोजिटरीको नाम र ठेगाना | गरिमा क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौँ । |
| 16 | निष्काशन तथा बिक्री प्रबन्धकको नाम र ठेगाना | एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँ । |
| 17 | कोष सुपरिवेक्षकको नाम तथा ठेगाना | १) श्री शंकर प्रसाद कोइराला, काठमाडौँ –०९, काठमाडौँ । २) श्री बाबुराम रेग्मी, वालिङ–०२, स्याङ्जा । ३) श्री रामजी रेग्मी, टोखा–१०, काठमाडौँ । ४) श्री जलेश्वर पाण्डे, मध्यपुर थिमि–०१, भक्तपुर । ५) श्री अच्यूत राज जोशी, काठमाडौँ –०९, काठमाडौँ । |
इकाई खरीदका लागि लगानीकर्ताहरुले मेरोशेयर तथा सीआस्बा हुने सम्पूर्ण बैंक तथा वित्तिय संस्थाहरु मार्फत आवेदन दिन सकिनेछ ।





