समाचार

पृथ्वी नारायण शाहसँग जोडिएको सेरा दरबारको १६३ रोपनी जग्गा सरकारका नाममा ल्याउन प्रहरीको सिफारिस

१२ पौष, काठमाडौँ । नुवाकोटस्थित सेरा दरबारको १६३ रोपनी जग्गा सरकारी नाममा ल्याउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सिफारिस गरेको छ ।
कृषि फार्म, कलेज सञ्चालनलगायतका कार्यमा उपभोग गर्दै आएको भनिएको पृथ्वी नारायण शाहसङ जोडिएको उक्त जग्गा सरकारका नाममा ल्याउन सिआईबीले दह्रो पहल गरेको छ ।

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल निकट विवेक श्रेष्ठले भोग चलन गर्दै आएको भनिएको उक्त विवादित जग्गा विप्लव समूहले भूमिगत हुँदा झन्डासमेत गाडेको भनिएको छ ।

सिआईबिलाई उदृत गर्दै मिडियाले लेखेका छन्, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत यसमा पहिल्यैदेखि चासो राखिरहेकाले हाम्रो सम्पूर्ण अनुसन्धान प्रतिवेदन त्यहाँ पनि पठाएका छौँ, आयोगले कारबाही प्रक्रिया अघि बढाउँछ, पछि किर्ते आकर्षित हुने देखिए सीआईबीले पनि थप अनुसन्धान गर्छ ।’