समाचार

पृथ्वीजयन्ती : राप्रपाको चियापनमा प्रधानमन्त्री ओली

२७ पुस, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली पृथ्वीनारायण शाहको ३०३औँ जन्तजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सहभागी भएका छन् ।

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष ओलीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरुले स्वागत गरेको थियो ।

यसै अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालद्वारा आज अपराह्न यहाँ आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री सहभागी भए । प्रधानमन्त्री ओलीलाई उक्त पार्टीका अध्यक्ष कमल थापालगायत नेताहरुले स्वागत गरेको थियो ।