समाचार

महिला नेतृ आचार्यको निधन

१३ माघ, तनहुँ । नेपाल महिला सङ्घ तनहुँकी पूर्वसभापति शशी आचार्यको निधन भएको छ । उनको ८२ वर्षको उमेरमा शनिबार राति ८ः४५ बजे निधन भएको हो ।

व्यास नगरपालिका–३ निवासी आचार्य केही समयदेखि अस्वस्थ छन्। उनको आज दमौलीस्थित मादीसेती घाटमा अन्तिम संस्कार गरिने जनाइएको छ । आचार्यले महिला हक अधिकार र उत्थानका लागि अतुलनीय योगदान गरेको थियो ।

आचार्यको निधनप्रति विभिन्न दलका नेताहरुले दुःख प्रकट गरेका छन् । नेकपा ९एमाले० राष्ट्रियसभाका प्रमुख सचेतक भगवती न्यौपानेले लोकतान्त्रिक आन्दोलनमा अमूल्य योगदान पुर्‍याउनुहुने आचार्यको निधनले अत्यन्त मर्माहत भएको उल्लेख गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

नेकपा(माओवादी) केन्द्रका केन्द्रीय सदस्य, संविधानसभा सदस्य एवं पूर्वमन्त्री आशा कोइरालाले राजनीतिक र महिला आन्दोलनमा उल्लेखनीय योगदान गरेकी आचार्यको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं सांसद शङ्कर भण्डारीले आचार्यको निधनले नेपाली काङ्ग्रेसलाई क्षति पुगेको उल्लेख गरे । लोकतन्त्र प्राप्तिको आन्दोलनमा उनले पुर्‍याएको योगदान सधैं उच्च रहने भण्डारीको भनाइ छ ।