समाचार

अमेरिकामा हेलिकप्टर र विमान आकाशमै ठोक्किएर दुर्घटना

१७ माघ, काठमाडौँ  । अमेरिकामा हेलिकप्टर र विमान आकाशमै ठोक्किएर दुर्घटना भएको छ । वाशिङटन डिसीमा रोनाल्ड रेगन विमानस्थल नजिक ६० जना सवार विमान र हेलिकोप्टर ठोक्किएका हुन् ।

विमान र हेलिकोप्टर ठोक्किए पछि विस्फोट भएर नदीमा खसेको एक भिडियोमा देखिएको छ। हेलिकप्टरमा अमेरिकी सेनाका तीन जना सवार रहेको बताइएको छ भने विमान र हेलिकप्टरमा सवार यात्रुको अवस्था थाहा हुन सकेको छैन।

दुर्घटनापछि विमानस्थल पूर्णरूपमा बन्द गरिएको छ । नदीमा खसेको विमान र हेलिकप्टरको खोजी भइरहेको छ ।