अन्तर्राष्ट्रिय

अतिरिक्त करको निर्णयबाट पछि हटे राष्ट्रपति ट्रम्प

२२ माघ, काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो अतिरिक्त करको निर्णयबाट तत्कालका लागी पछि हटेका छन्। क्यानडा र मेक्सिकोसँग फोन वार्ता पश्चात् अतिरिक्त करको निर्णयलाई तत्कालका लागि स्थगित गरेका हुन्। 

ट्रम्पसँगको वार्तापछि क्यानडा र मेक्सिकोले सीमा सुरक्षामा कडाइ गर्ने प्रतिबद्धता जनाएका छन्। ट्रम्पसँग भएको सहमति अनुसार क्यानडाले सीमा हेर्नका लाग थप अधिकारी चयन गर्नेछ। यसै गरी, मेक्सिकोले सीमामा थप १० हजार सैनिक परिचालन गर्ने छ। ट्रम्प र छिमेकी देशका नेतृत्वबिच फोनमा वार्ता भए पछि यो निर्णय ३० दिनका लागि स्थगित भएको हो।

ट्रम्प र चिनियाँ अधिकारीबिच भने अहिलेसम्म वार्ता भएको छैन। ती दुई देश बिचको नेतृत्वको पनि तत्काल वार्ता हुने अनुमान गरिएको छ। ट्रम्पले चीनसँग सहमति नभए अहिले निर्णय गरिएको थप १० प्रतिशत अतिरिक्त करको निर्णय भन्दा बढीको करको निर्णय हुनसक्ने बताएका छन्।