२२ माघ, काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको दुई दिने भ्रमणमा जाने भएका छन् । यही फेब्रुअरी २२ देखि उनी अमेरिका भ्रमणमा जान लागेका हुन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम इकोनोमिक टाइम्सका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग छलफल गर्न अमेरिका भ्रमण गर्न लागेका हुन् ।
राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकाल सुरु भएपछिको मोदीको द्विपक्षीय पहिलो भ्रमण हुन लागेको हो। सञ्चारमाध्यमका अनुसार यदि यो भ्रमण सफल भएमा मोदी विश्वका सीमित विदेशी नेताहरू मध्ये एक नम्बरमा हुनेछन्, जसले ट्रम्प प्रशासनको दोस्रो कार्यकाल सुरु भएको केही साताभित्रै वासिङ्टन डिसीको द्विपक्षीय भ्रमण गर्नेछन् ।
ट्रम्प राष्ट्रपतिमा निर्वाचित बनेपछि २७ जनवरीमा दुई नेताबिच टेलिफोन वार्ता भएको थियो। मोदी र ट्रम्पबिच न्यानो र मैत्रीपूर्ण सम्बन्ध रहेको छ ।