अन्तर्राष्ट्रिय

जापानी प्रधानमन्त्रीले बिहीबारदेखि अमेरिकाको भ्रमण गर्ने

२२ माघ, टोकियो । जापानका प्रधानमन्त्री शिगेरु इसिबाले यस हप्ता संयुक्त राज्य अमेरिकाको भ्रमणमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्ने शीर्ष सरकारी प्रवक्ता योशिमासा हयासीले मङ्गलबार बताएका छन् ।

“यदि परिस्थितिले अनुमति दिए उहाँ फेब्रुअरी ६–८ बिहीबारदेखि शनिबारमा संयुक्त राज्य अमेरिकाको भ्रमण गर्नुहुनेछ र वासिङ्गटन डिसीमा राष्ट्रपति ट्रम्पसँग पहिलो पटक जापान–अमेरिका शिखर बैठक गर्नुहुनेछ”, हायाशीले भने, “यस भ्रमणमार्फत हामी नयाँ अमेरिकी प्रशासनसँग विश्वासको बलियो सम्बन्ध निर्माण गर्न र अमेरिका–जापान गठबन्धनलाई नयाँ उचाइमा पुर्‍याउन चाहन्छौँ ।”

निक्केई व्यापार दैनिकले इसिबाले ट्रम्पसँग अमेरिकी शेल ग्यासको आयात बढाउने विषयमा छलफल गर्न चाहेको जनाएको छ । यो राष्ट्रपतिको ‘ड्रिल, बेबी, ड्रिल’ को प्रतिज्ञासँग मेल खान्छ ।

इसिबाले नोभेम्बरमा तत्कालीन राष्ट्रपति–निर्वाचित ट्रम्पसँग छोटो टेलिफोन वार्ता गरेका थिए र जनवरीमा उनको शपथग्रहण अघि नै भेट्ने असफल प्रयास गरेको बताइएको थियो ।

यद्यपि ट्रम्पले डिसेम्बरमा जापानका हत्या गरिएका पूर्व प्रधानमन्त्री शिन्जो आबेकी विधवा आकिए आबेलाई फ्लोरिडास्थित आफ्नो निवासमा मेलानिया ट्रम्पसँग निजी डिनरको आयोजना गरेका थिए ।