२३ माघ, काठमाडौँ । प्रहरी प्रभाग साँखुमा एक महिला प्रहरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्। उनी कार्यरत ब्यारेकमै मृत फेला परेकी हुन्।
आज बिहान ५ बजेदेखि ड्युटीमा खटिएकी प्रहरी जवान निशा चौधरी ब्यारेकमै मृत फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौँले पुष्टि गरेको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार साढे ११ बजेसम्म ड्युटी सकेर ब्यारेकमा फर्किएकी निशालाई उनकै सहकर्मीले झुन्डिएको अवस्थामा फेला पारेको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।