राजनीति

बालुवाटारमा उच्चस्तरीय संयन्त्रको बैठक सुरु : रोकिएको ६ अध्यादेशको समाधान खोज्दै

२९ माघ, काठमाडौँ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक ६ बजे सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेका हो । बैठकमा सरकारले ल्याएको अध्यादेश संसद्बाट पारित गर्ने विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

हाल संसद्मा प्रस्तुत हुन नसकेका ६ वटा अध्यादेशबारे बैठकमा विशेष छलफल हुने स्रोतले जनाएको छ ।

राष्ट्रियसभामा निर्णायक मानिएको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमिसम्बन्धी विधेयक अस्वीकार गर्ने निर्णय गरेको छ। जसपाले निर्णय नलिएकै कारण संसद्मा अध्यादेश प्रस्तुत हुन नसकेको स्रोतले जनाएको छ।