समाचार

काठमाडौंका सात प्रमुख सडकमा एकतर्फी नियम लागू : कुन-कुन ठाउँमा वान वे ? (सूची सहित)

७ काठमाडौँ । काठमााडौँ उपत्यकाको बिभिन्न ठाउँहरुमा आज बाट एकतर्फी बनाईएको छ ।

जिल्ल उपत्यका ट्राफिक प्रहरीले आज बिज्ञप्ति जारी गर्दै यातायात आवतजावतको सहजताको लागी बिभिन्न ७ ठाउँहरुमा वान वे बनाएको जनाएको छ ।

वान वे बनाईएको सडकहरु :

१. का.म.न.पा.वडा नं.५ अन्तर्गत थटु मार्गबाट वडा नं.५ को कार्यालय -भीमसेन मार्ग-हात्ती महाँकाल मार्ग -हाँडीगाउँ मार्गतर्फ मात्र प्रवेश गर्न पाउने ।

२. विशालनगर तर्फबाट आउने सवारी साधनहरुलाई भिमसेन मार्ग हुँदै वडा नं.५ कार्यालयतर्फ जान प्रवेश निषेध गरी हात्ति महाँकालतर्फ मात्र जान पाउने ।

३. हाँडीगाउँ हुँदै ढुंगेधारातर्फ सोझो प्रवेश निषेध गरी उक्त सवारी साधनहरु थटु मार्गतर्फबाट पठाउने ।

४. नक्साल भाटभटेनी तर्फबाट आउने सवारी साधनहरु वडा नं.५ को कार्यालयबाट थटु मार्गतर्फ प्रवेश निषेध गरी भिमसेन मार्गतर्फ मात्र जान पाउने ।

५. ढुङ्गेधाराबाट हात्ती महाँकालतर्फ प्रवेश निषेध गर्ने ।

६. वडा नं.५ को कार्यालयको दक्षिणतर्फबाट गहना पोखरीतर्फ प्रवेश निषेध गर्ने ।

७. बालमन्दिर तर्फबाट टंगाल जाने कैलाश मार्गमा बालमन्दिर तर्फबाट जान मात्र पाउने र टंगालबाट प्रवेश निषेध गर्ने ।