२१ फागुन, काठमाडौँ । यही फागुन १९ गते दशरथ रङ्गशालामा दर्शक पिटिएको घटनाबारे प्रतिनिधि सभा बैठकमा प्रश्न उठेको छ । आज बसेको संसद् बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतकसमेत रहेका सांसद ज्ञानेन्द्र शाहीले दशरथ रङ्गशालामा दर्शक कुटिएको घटनामा संलग्नलाई कारबाही गर्न माग समेत गरेका छन्।
रङ्गशालामा यही फागुन १९ गते प्रधानमन्त्रीको नाममा केपी ओली कपको फाइनल खेल भएको थियो। सोही खेलमा एमालेले कार्यकर्ताले दर्शकमाथि हातपात गरेको भिडियो सार्वजनिक भएको थियो।
सोही विषयलाई लिएर सांसद शाहीले भने ‘दर्शक दीर्घामा बसेका मान्छेले बोल्यो भन्दै प्रधानमन्त्रीकै पार्टीका बिल्लाधारी मान्छेहरूले मान्छे कुट्ने र प्रहरी पीडितलाई बचाउनुको सट्टा कुट्न सघाउने वाह–वाह गृहमन्त्रीज्यू, वाह–वाह प्रधानमन्त्रीज्यू यो तम्रो कस्तो लोकतन्त्र ? यो तम्रो कस्तो प्रजातन्त्र ?,’।