राजनीति

सांसद सापकोटाको प्रश्न : एउटा अध्यादेश कता हरायो ?

२१ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले एउटा अध्यादेश कता हरायो भन्दै प्रश्न गरेका छन्। आज बसेको  प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले एउटा अध्यादेश कहाँ गायब भयो भन्दै प्रश्न गरेका हुन्। ,

 ‘तपाईँहरूलाई रस्साकस्सी परेर, सकस परेर रातारात के सम्झौता गर्नुभएको छ थाहा छैन । फिर्ता भएको हो कि होइन केही जानकारी छैन,’ सांसद सापकोटाले भने । उनले सत्तारुढ दलहरूबिच रातारात भएका सम्झौताबारे ज्ञान नभएको भन्दै एउटा अध्यादेश कता हरायो ? भन्दै टिप्पणी गरेका हुन्। 

उनले लोकतन्त्र विधिको शासन भएको भन्दै सङ्ख्याको तन्त्र नभएको बताए। 

‘लोकतन्त्र भनेको सङ्ख्याहरूको सङ्ख्या र त्यहाँ बसेर ढ्याप ढ्याप मात्रै गर्ने चाहिँ होइन, मैले माननीय गगन थापालाई पनि यहाँ देखेको छु, मैले जसरी नै सुरुका कार्यकालमा बहस गर्नुहुन्थ्यो ।’ उनले भने। 

 ‘लोकतन्त्र भनेको सङ्ख्याका आधारमा बुरुकबुरुक उफ्रिएर पास गर्ने तन्त्र हो ? लोकले के भनेको छ बाहिर ? आम नागरिक समाज के भन्दै छ ? सिङ्गै देशले के भनिरहेको छ ?’ भन्दै प्रश्न गरेका थिए। 

 लोकतन्त्र भनेको सङ्ख्याहरूको तन्त्र नभएर विधिको शासन भएको सांसद सापकोटाको भनाइ छ।