३ चैत, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५औँ वार्षिक साधारण सभाको निर्णयअनुसार सर्वसाधारण सेयरधनीहरू समूह ख तर्फका सञ्चालक निर्वाचन सम्पन्न भएको छ ।
वीरगञ्जस्थित होटल भिष्वामा सम्पन्न निर्वाचन कार्यक्रममार्फत बिमल प्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन कम्पनीको सञ्चालक सदस्य पदमा निर्वाचित भएका छन् ।
नवनिर्वाचित सञ्चालकहरूले २०८१ साल चैत २ गते नै बसेको कम्पनी सञ्चालक समितिको ३९३औँ बैठकमा अध्यक्ष गोविन्दलाल संघईसमक्ष सपथग्रहण गरी पदबहाली गरेका छन् ।





