आर्थिक

प्रभु बैंकमार्फत मुक्तिनाथ मन्दिरमा भीम युपिआई सेवा शुभारम्भ

३ चैत, काठमाडौं । मुस्ताङ जिल्लाको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरमा आज नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा भीम युपिआई सेवा शुभारम्भ गरेका छ । सो समारोहमा नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरू, प्रभु बैंकका प्रतिनिधिहरू, स्थानीय प्रशासन, मन्दिर व्यवस्थापन समिति, धार्मिक गुरुहरू तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

यस सेवाको सुरुवातसँगै भारतका नागरिकहरूले आफ्नो बैंक खाताबाट भीम युपिआईमार्फत क्युआर स्क्यान गरी मुक्तिनाथ मन्दिरमा भेटी, दान, दक्षिणा तथा अन्य भुक्तानी गर्न सक्नेछन्। यसले मुक्तिनाथ मन्दिरमा आउने भारतीय भक्तजनहरूलाई डिजिटल माध्यमबाट सुरक्षित, पारदर्शी र सहज भुक्तानी गर्ने सुविधा प्रदान गर्नेछ। साथै, यो सेवा क्रस-बोर्डर डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने महत्त्वपूर्ण कदम भएको बताइएको छ, जसले नेपाल-भारत वित्तीय सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरेको छ ।

अब मुक्तिनाथ मन्दिरमा आउने भक्तजनहरूले डिजिटल भुक्तानीको सुविधा सहज रूपमा उपयोग गर्न सक्नेछन्।