समाचार

आर आर क्याम्पस ७ गतेदेखी खुल्ने, तत्काल स्ववियू निर्वाचन नहुने संकेत

६ चैत, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले रत्न राज्य लक्ष्मी क्याम्पसले चैत ७ गते बाट सम्पूर्ण पठनपाठन कार्यहरू नियमित रूपमा सञ्चालन सुचना जारी गरेको छ । आरआर क्याम्पसमा तत्काल स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचन नहुने संकेत देखिएको छ।

स्ववियू निर्वाचनलाई लिएर विभिन्न विद्यार्थी संगठनहरू आन्दोलित हुँदै आएका छन्। तर, प्रशासनिक जटिलता, राजनीतिक सहमतिको अभाव र अन्य प्राविधिक कारणहरू देखाउँदै क्याम्पस प्रशासनले तत्काल निर्वाचन सम्भव नहुने संकेत दिएको हो।

सहायक क्याम्पस प्रमुख गोविन्द प्रसाद आचार्यद्वारा जारी सूचनामा सबै विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूलाई निर्धारित तालिका अनुसार कक्षा सञ्चालनमा सहभागी हुन अनुरोध गरिएको छ।

नेकपा एमाले निकट अखिलले चैत ५ गते सम्पन्न हुन लागेको स्ववियु निर्वाचन अघिल्लो दिन चैत ४ गते राति ११ बजे क्याम्पसमा ताला लगाए पछि स्ववियु निर्वाचन स्थगित भएको हो ।

हेर्नुस् बिज्ञप्ति :