समाचार

सुनसरीको कोशी पीडित र नदी कटानका बारेमा बोले इटहरीबाट निर्बाचित साँसद आचार्य

७ चैत, काठमाडौं । नेकपा एमालेका साँसद भीम आचार्यले देशको सबैभन्दा ठूलो चतरा नहरको समस्या समाधान स्थायी रुपमा हुनुपर्ने बताए । उनले बिदेशस्थीत नियोगहरु, एनआरएन, विदेश बस्ने विद्यार्थीहरु, पोखरा, भैरहवा र निजगढ बिमानस्थल संचालन गर्न जानकारी गराउन अनुरोध गरेका छन् ।
सुनसरी क्षेत्र नम्बर २ का साँसद आचार्यले संसदमा बोल्दै केहीदिनदेखी कोशी नदीले धार परिवर्तन गर्दा समस्या भएको भन्दै इटहरीलाईसमेत यसले असर गर्ने हुँदा त्यसका लागि पहलकदमी चाल्न आग्रह गरेका छन् । नदी कटानले इटहरीको बस्ती बगाउने सम्भावना रहेको भन्दै त्यसको निराकरणका लागि प्रयासमा लाग्नुपर्ने बताए ।
कोशी कटानले गर्दा सुनसरीबासी पीडित भएको अवस्थामा पूर्वमन्त्रीसमेत रहेका आचार्यले सुनसरीको कोशीको बिषयमा संसदमा बोलेका छन् ।