राजनीति

राजावादीहरूको गतिविधि बढेसँगै प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बस्दै 

११ चैत, काठमाडौँ । प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्ने भएको छ । राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादीहरूले सक्रियता बढाएपछि प्रमुख दलका नेताहरूको बैठक आज अपराह्न चार बजे बस्न लागेको हो ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहितको बैठक बोलाइएको हो। 

विशेष गरी बैठकको सङ्क्रमणकालीन न्यायसम्बन्धी  मुख्य एजेन्डा रहेको बताइएको छ। सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्ति प्रक्रिया लगायतका विषयमा आजको बैठकमा छलफल हुनेछ। 

शीर्ष नेताहरूको आजको बैठकमा राजावादीहरूको गतिविधिका विषयमा पनि छलफल हुने बताइएको छ ।