१२ चैत, बीरगंज । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले टाटा Yodha 1.5T को क्षेत्रीय लन्च बीरगंजमा भव्य रूपमा सम्पन्न गरेको छ। व्यावसायिक प्रयोजनका लागि डिजाइन गरिएको यो शक्तिशाली पिकअप अब बीरगंजका ग्राहकहरूको लागि सहज रूपमा उपलब्ध हुनेछ।
कार्यक्रममा प्रमुख अतिथि अनिल अग्रवाल, अध्यक्ष, बीरगंज उद्योग वाणिज्य संघ, तथा विशिष्ट अतिथिहरू चिनिलाल पटेल, अध्यक्ष, पर्सा मदिरा व्यवसायी संघ, माधव राज पाल, उपाध्यक्ष, बीरगंज उद्योग वाणिज्य संघ, तथा जग्गु शाह, अध्यक्ष, नेपाल तरकारी फलफूल व्यवसायी संघ को उपस्थितिमा गाडी सार्वजनिक गरियो।
कार्यक्रममा बोल्दै, प्रमुख अतिथि अनिल अग्रवाल ले टाटा मोटर्सको विश्वव्यापी प्रतिष्ठा, सिप्रदीसँगको सशक्त साझेदारी, तथा उत्कृष्ट बिक्रीपछिको सेवाहरू को प्रशंसा गरे ।
“टाटा मोटर्सले सधैं नेपाललाई प्राथमिक बजार को रूपमा लिएको छ। सिप्रदीले निरन्तर रूपमा गुणस्तरीय सवारीसाधन र प्रभावकारी सेवा उपलब्ध गराउँदै आएको छ। Yodha 1.5T को प्रवेशले स्थानीय व्यवसायीहरूलाई उत्कृष्ट पिकअप विकल्प प्रदान गर्नेछ।”
कार्यक्रममा बोल्दै, AGM – CV Sales, सिप्रदी, कृष्ण चन्द ले टाटा Yodha 1.5T को टिकाउपन, उच्च भार बहन क्षमता, र व्यवसायिक कुशलता का फाइदाहरू उल्लेख गरे।
“टाटा Yodha 1.5T सिर्जनशील प्रविधि र उत्कृष्ट प्रदर्शन को नमूना हो। यसको उच्चतम पेलोड क्षमता, शक्तिशाली इन्जिन, तथा अप्ठ्यारा बाटामा सहज चल्ने क्षमता ले व्यवसायीहरूलाई थप फाइदा पुर्याउनेछ। हामी विश्वास गर्छौं कि Yodha 1.5T नेपाली व्यवसायका लागि उत्तम साझेदार बन्नेछ।”
टाटा Yodha 1.5T का प्रमुख विशेषताहरू:
✅ शक्तिशाली 3L (2956 CC) डीजल इन्जिन – २५०Nm टर्क सहित
✅ १५०० किलोग्राम (1.5 टन) सम्मको भार बहन क्षमता
✅ ३०% ग्रेडिएबिलिटी – अप्ठ्यारा बाटाहरू सहज पार गर्न सक्षम
✅ मजबुत बनावट, उच्च ग्राउन्ड क्लियरेन्स र आरामदायी ड्राइभिङ्ग अनुभव
✅ ४x२ तथा ४x४ विकल्पमा उपलब्ध
सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले नेपालभर आफ्नो बलियो बिक्री तथा सेवा नेटवर्क मार्फत ग्राहकहरूको आवश्यकताहरू पूरा गर्दै आएको छ। बीरगंजमा सम्पन्न यस भव्य लन्च कार्यक्रम मार्फत, सिप्रदीले व्यवसायिक ग्राहकहरूको सफलताका लागि उत्कृष्ट गाडी र सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्याएको छ।