राजनीति

ओली र देउवालाई भेट्नु अघि दौरा-सुरुवाल लगाएर राष्ट्रपति भेट्न शितलनिवास पुगेका थिए प्रचण्ड

११ चैत, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवालाई भेट्नु अघि शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। 

प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका अध्यक्ष दाहाल राष्ट्रपति भेट्न दौरा सुरुवाल लगाएर शीतल निवास पुगेका हुन्। 

दाहाल प्रायः टाई-सुट लगाएर हिँड्ने गर्थे भने आज भने उनी दौरा सुरुवालमा शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग ४५ मिनेट भेटवार्ता गरेका हुन्।

राजावादीहरूको सक्रियता बढेसँगै माओवादी केन्द्रका अध्यक्ष दाहाल गणतन्त्र पक्षधर अन्य राजनीतिक दलहरूसँग छलफलमा देखिएका छन्। त्यसै सन्दर्भमा वर्तमान समसामयीक राजनीतिक परिस्थितिको बारेमा राष्ट्रपतिसँग पनि छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ। 

उक्त भेटवार्तामा जनताको व्यापक असन्तुष्टिको बारेमा राष्ट्रपतिले चिन्ता व्यक्त गरेका बताइएको छ।