१२ चैत, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने सरकारको निर्णयको कडा आलोचना गरेको छ। सांसद हरि ढकालले यस कदमलाई ‘कायरताभित्रको दम्भ’ भन्दै निन्दा गरेका छन्।
सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै रास्वपा सांसद मनिष झाले उद्योगहरूबाट डेडिकेटेड र ट्रंकलाइनबाफतको बक्यौता उठाउन माग गरे। उनले समितिबाट औपचारिक निर्णय आवश्यक रहेको भन्दै छिटो बैठक बोलाउन आग्रह गरे।
रास्वपाका सांसदहरूले घिसिङ हटाउने सरकारको निर्णय गलत रहेको बताउँदै, आर्थिक बक्यौता उठाउने विषयलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखेका छन्।