राजनीति

शुक्रबार काठमाडौंमा दुई ठुला प्रदर्शन हुदैँ- राजावादी र गणतन्त्रवादी आमनेसामने !

१४ चैत, काठमाडौँ । काठमाडौंमा शुक्रबार राजसंस्था पुनर्स्थापनाका पक्षधर र गणतन्त्र पक्षधरहरू आआफ्ना प्रदर्शन गर्दैछन्। संयुक्त जनआन्दोलन समितिले दुर्गा प्रसाईंको नेतृत्वमा तिनकुनेमा राजावादी प्रदर्शन गर्ने तयारी गरेको छ।

समितिका संयोजक नवराज सुवेदीले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रसाईंलाई आन्दोलनको कमाण्डर तोकिएको जानकारी गराएका हुन्।

यसै दिन गणतन्त्र समर्थकहरूले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएका छन्। दुई फरक समूहले एकै दिन प्रदर्शन गर्न लागेको भन्दै सुरक्षा प्रशासनले काठमाडौंमा सुरक्षा सतर्कता कडा पारेको छ।