राजनीति

तीनकुने घटनालाई लिएर पूर्वराजालाई पक्राउ गर्न खोजियो : संयोजक सुवेदी 

१६ चैत, काठमाडौँ । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलनका संयोजक नवराज सुवेदीले सरकारले खोजेको आरोप लगाएका छन्। 

आज एक विज्ञप्ति जारी गर्दै उनले पूर्वराजालाई तीनकुनेमा भएको घटनामा मुछेर बदनाम गराउने र पक्राउ गर्ने सोचमा सरकार रहेको बताएका हुन्।  

उनले बाहिर आएका समाचारहरू यदि सत्य हुन भने सरकारले त्यस्तो कदम चाल्ने प्रयास भएमा देशभरबाट आम नागरिक स्वतःस्फूर्त विरोधमा उत्रने चेतावनी समेत दिएका छन्।  

संयोजक सुवेदीले हिजो तीनकुनेमा  प्रहरी दमनका कारण आफ्नो सभा बिथोलिएको पनि विज्ञप्तिमा बताएका छन्। 

दुर्गा प्रसाईँ लगायतलाई पक्राउ पुर्जी जारी गर्ने र आफूलाई घरमै नजरबन्दमा राख्ने कार्य भएको सुवेदीले विज्ञप्तिमा उल्लेख गरेका छन्।