समाचार

दोश्रोपटक रवीन्द्र मिश्र र धवललाई भेट्न अध्यक्ष लिङ्देन पुगे हिरासत

१९ चैत, काठमाडौं । राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र र सांसद धवलशमशेर राणासँग दोस्रोपटक भेटघाट गर्न अध्यक्ष राजेन्द्र लिङ्देन हिरासत पुगेका छन् ।

शुक्रबारको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका मिश्र र राणासँग लिङ्देनले यसअघि एकपटक भेटेका थिए । शनिबार साँझ हिरासतमै पुगेर भेट गरेका लिङ्देन मंगलबार फेरि उनीहरूलाई भेट्न पुगेका थिए।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, लिङ्देन मंगलबार दिउँसो ३ बजेतिर मिश्र र राणासँग भेट्न पुगेका थिए।