राजनीति

सरकारले शिक्षा ऐन जारी नगर्दासम्म अनिश्चितकालीन सडक आन्दोलन गर्छौँ : शिक्षक महासंघ

२१ चैत, काठमाडौँ । शिक्षा ऐनको माग गर्दै आन्दोलनमा रहेको शिक्षक महासंघले सरकारले ऐन जारी नगर्दासम्म आफूहरू सरकारसँग वार्तामा नजाने बताएका छन्। सरकारले वार्ताको लागी बोलाए पनि यस अघि भएको वार्तामा बनेको सहमति कार्यान्वयन नहुँदासम्म वार्ताको कुनै औचित्य नरहेको जवाफ फर्काएका हुन्। 

आज सरकारकोतर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई वार्ताका लागि आह्वान गरेको थियो।

हिजोबाट दोस्रो चरणको आन्दोलन गर्ने भन्दै देशभरबाट शिक्षकहरू काठमाडौँ आएका छन्। माग पुरा नहुँदासम्म अनिश्चितकालीन काठमाडौंकेन्द्रित सडक आन्दोलन गर्ने उनीहरूको भनाइ छ ।

विगतमै वार्ता र सहमति गरिसकेकाले फेरी वार्ता गर्नुको अर्थ नहुने उनीहरूले बताएका छन्।