राजनीति

तीनकुने घटनाको निष्पक्ष छानबिनको लागी गृहमन्त्रीको राजीनामा राप्रपाको पहिलो सर्त !

२१ चैत , काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले तीनकुनेमा भएको राजावादी प्रदर्शन राज्य पक्षकै कारण हिंसात्मक बनेको आरोप लगाएका छन्। आज कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर उक्त दिनको घटनाको निष्पक्ष छानबिन गर्न मागसमेत गरेका हुन्। 

तीनकुने घटनाको निष्पक्ष छानबिनका लागि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु पर्ने लिङ्देनले माग गरेका हुन् । उनले उक्त कार्यक्रममा भाग लिएकै आधारमा पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणालगायतलाई पक्राउ गरेर हिरासतमा राखिएको प्रति आपत्ति जनाएका थिए। मिश्र र जबरालाई विनासर्त रिहाइ गर्नुपर्ने माग राप्रपाले गरेको छ। 

घटनाको निष्पक्ष छानबिनको लागी उच्च स्तरीय न्यायिक स्वतन्त्र छानबिन आयोग बन्नु पर्ने राप्रपाको भनाइ छ।  सर्वोच्च अदालतका पूर्व न्यायाधीशको अध्यक्षतामा मानवअधिकार आयोग, नागरिक समाज सम्मिलित स्वतन्त्र छानबिन आयोग गठन हुनुपर्ने साथै प्रदर्शनका क्रममा मृत्यु भएकालाई सहिद घोषणा गर्नुपर्ने बताएको हो।