राजनीति

रास्वपाको ‘जनयात्रा’ अभियान चितवनबाट घण्टी बजाएर सुरु

२३, चैत, चितवन । पार्टी सभापति रवि लामिछाने जेल चलान भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजबाट ‘जनयात्रा’ अभियान शुभारम्भ गरेको छ । पार्टीको यसअघिको निर्णयअनुसार चितवनबाट जनयात्रा कार्यक्रमको शुभारम्भ भएको हो। 

उक्त कार्यक्रमलाई  पार्टीका उपसभापति द्वय डिपी अर्याल र स्वणीम वाग्ले लगायत नेताहरूले संयुक्त रुपमा उद्घाटन गरेका हुन्। रास्वपा नेता कार्यकर्ताहरूले  घण्टी बजाएर चितवनको  भरतपुर– १० को गेस्ट हाउस चौरबाट जनयात्रा शुभारम्भ भएको  घोषणा गरेका हुन्।

सभापति लामिछानेले यसै कार्यक्रमबाट आफू प्रति राज्यले साँचेको प्रतिशोध साथै आफू गृहमन्त्री रहेको पुष्पकमल दाहाल नेतृत्वको सरकार ढल्नुका कारणहरू जनतामाझ ल्याउने बताएका थिए तर सहकारी ठगी तथा रकम अपचलन मुद्दामा तुलसीपुर उच्च अदालतले दोषी ठहर गरेपछि उनी  पक्राउ परेका छन्। 

लामिछानेले आफ पक्राउ परे पनि पूर्व निर्धारित कार्यक्रम नरोक्न नेताहरूलाई निर्देशन दिएका थिए।