२४ चैत, काठमाडौँ । नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले गभर्नर नियुक्तिको प्रक्रियामा बिचौलिया हाबी हुने संकेत देखिएको भन्दै सरकारलाई कडा चेतावनी दिएका छन्।
काठमाडौंमा आयोजित पुस्तक “कात्रोमा खल्ती” को विमोचन कार्यक्रममा बोल्दै कोइरालाले अर्थतन्त्रमा खेलाँची गर्ने अधिकार सरकारसँग नरहेको स्पष्ट पारे।
“यदि गभर्नर नियुक्तिमा बिचौलियाको हस्तक्षेप भयो भने, त्यो नेपाल र सरकार दुबैका लागि दुर्भाग्य हुनेछ,” बरिष्ठ नेता डा. कोइरालाले भने।