राजनीति

मुकुल ढकाल भन्छन् : ‘रवि दाइ वर्षौँका लागी मामाघर जानु भयो, अब पार्टीलाई क्लबबाट पार्टी बनाउनु पर्छ’

२५ चैत, काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व महामन्त्री मुकुल ढकालले रवि लामिछानेलाई पार्टीबाट औपचारिक हिसाबले बिदाइ गर्नुपर्ने बताएका छन्। तत्कालीन पार्टी सभापति लामिछाने आज रुपन्देही कारागार चालन भएपछि उनले आज सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्। 

ढकालले अब लामिछानेलाई बिर्सेर पार्टीलाई क्लबबाट पार्टी बनाउन लाग्नु पर्ने बताए। उनले चुनावी रणनीति अन्तर्गत क्लब बनाएर लामिछानेको ब्राण्डिङ्गमा अघि बढेको तर क्लबलाई पार्टी बनाउने बेला लामिछानेले आफूलाई पार्टीबाट निकालेको गुनासो समेत गरेका छन्। लामिछानेलाई पार्टी नै बनाउनु नरहेको र क्लबमै रमाउनु रहेको उनको आरोप छ। 

उनी लेख्छन्,’चुनावी रणनीति अन्तर्गत रवि दाइको नामको ब्रान्डिङमा अघि बढ्यौँ, क्लब हुँदै पार्टी बनाउनुपर्ने थियो तर क्लबलाई पार्टी बनाउने बेला रवि दाइले मलाई निकाले, किनकि उनलाई कहिले पनि पार्टी बनाउनु नै रहेनछ, क्लबमा नै रमाउनु थियो । अब रवि दाइ वर्षौँका लागी मामाघर जानु भएको छ । अब क्लबबाट पार्टी बनाउनपर्छ । रवि दाइलाई बिर्सनु पर्छ ।’

उनले काँग्रेस एमालेका लाखौँ झोले कार्यकर्तासँग नडराई पार्टी खोलेको समेत बताएका छन्। उनले अब रास्वपालाई झोले र अरिङ्गाल कार्यकर्ता मुक्त पार्टी बनाउनु पर्ने समेत बताएका छन्। 

पूर्व महामन्त्री ढकालको स्टाटस :