२० जेठ ,काठमाडौँ । सहकारी ठगी प्रकरणमा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले सरुवा मागेका छन्। उनले पारिवारीक भेटघाटलाई सहज बनाउनको लागि डिल्लीबजार कारागारमा सरुवा माग गरेको बताइएको छ।
उनले सरुवाको लागि जिल्ला अदालत रुपन्देहीमा निवेदन दिएको बताइएको छ। भिआइपी कैदीबन्दीहरु डिल्लीबजार कारागार मै बस्न चाहन्छन्। लामिछानेले पनि सोही कारागार रोजेका हुन्।
लामिछाने सुप्रिम सहकारी ठगीको अभियोगमा कारागार चलान भएका हुन् भने अब फैसला नभएसम्मका उनी लागि थुनामै बस्नु पर्ने छ ।





