६ साउन, काठमाडौं । हाल मधेश र बागमती प्रदेशलगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । बागमतीका केही स्थान र कोशीका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।
कोशी, मधेश, बागमती र गण्डकीलगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू(भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती र गण्डकीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ भने देशका उच्च-पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षार हिमपातको सम्भावना छ ।
राति भने देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकीलगायत देशका पहाडी भू(भागका केही स्थानमा तथा बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी, मधेश र बागमतीका एक-दुई स्थानमा भारी वर्षा हुनुका साथै उच्च(पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम वर्षार हिमपात हुने विभागले जनाएको छ ।





