६ साउन, काठमाडौं । आज प्रतिनिधिसभा मातहतका तीन समितिको बैठक बस्दैछ । महिला तथा सामाजिक मामिला, कानुन, न्याय तथा मानव अधिकार, र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्ने कार्यसूची रहेको छ ।
महिला तथा सामाजिक मामिला समितिमा ‘वैदेशिक रोजगारीमा रहेका महिला कामदारको विद्यमान अवस्थाका सम्बन्धमा’ छलफल गर्ने कार्यसूची रहेको छ ।
कानुन समितिमा ‘विश्वव्यापी आवधिक समीक्षा सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगसँग’ छलफल गर्ने कार्यक्रम छ ।
त्यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘मिडिया काउन्सिल विधेयक माथि संशोधनकर्तासँग छलफल’ गर्ने कार्यसूची रहेको छ ।





