८ साउन, काठमाडौं । पछिल्लो एक हप्तामा मात्रै देशैभरी १ सय ४७ जनामा डेंगु संक्रमण पुष्टी भएको छ ।
नेपालमा योसँगै डेंगु संक्रमणको संख्या २ हजार २ सय ३८ जना पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडीसीडिले जनाएको हो । सबै भन्दा बढी डेंगु संक्रमित बागमती प्रदेशमा १० जना रहेका छन् । सबै भन्दा कम कर्णाली प्रदेशमा एक जना रहेका हुन् ।
देशैभरी पछिल्लो २४ घण्टामा थप ५ जना नयाँ डेंगु संक्रमित फेला परेको इडीसीडिले जनाएको छ । मनसुन सक्रिय भएपछि डेंगु संक्रमण बढ्न थालेको पनि जनाइएको छ ।
हाल ७३ जिल्लामा डेंगु संक्रमण फैलिएको इडीसीडिले जनाएको हो ।





