९ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेटवार्ता गरेका छन् ।
घिमिरेले शुक्रबार राष्ट्रपति निवास शितल निवासमा नै पुगेर पौडेलसँग भेटवार्ता गरेका हुन्। सोही भेटवार्ताका क्रममा सभामुख घिमिरेले संसदका सभामुखहरूको जेनेभामा यहि जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलनमा नेपालको सहभागिताको बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुन जुलाई २७ मा जेनेभा जाने कार्यक्रम तय गरिएको हो ।



