१० साउन, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
पौडेलले स्वर्गीय गुरूङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट समेत गरेका हुन् । राष्ट्रप्रति पौडेलले शनिबार शोक सन्देश जारी गर्दै लोकतान्त्रिक योद्धा स्वर्गीय गुरुङले लोकतन्त्र स्थापना र पुनःस्थापनामामा पुएको महत्वपूर्ण योगदान सदा स्मरणीय रहने उल्लेख गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
गुरुङको शनिबार आफ्नै निवासमा चितवनमा निधन भएको हो । राष्ट्रपति पौडेलले २०४६ सालको जनआन्दोलनको समयमा गुरुङले चितवनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण समेत गरेका थिए । राष्ट्रपति पौडेलले शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको समेत सचिवालयले जनाएको छ ।
चितवन नेपाली कांग्रेसका पूर्वसभापति समेत रहेका गुरुङ २०७८ साउन १२ गते गण्डकी प्रदेश सभाको प्रमुखमा नियुक्त भएका थिए ।



