समाचार

चितवनमा लोडसेडिङ भएको छैन, अनावश्यक हल्लामात्र होः कार्यकारी निर्देशक शाक्य

११ साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेश शाक्यले चितवनमा लोडसेडिङ नभएको दावी गरेका छन् ।

काठमाडौंमा आइतबार संचारकर्मीसँग कुरा गर्दै उनले चितवनमा लोडसेडिङ भएको भन्ने कुरामा कुनै सत्यता नभएको जिकिर गरेका हुन् । चितवनमा मर्मत कार्य भएका कारण विद्युत आपूर्ति अवरुद्ध भएको उनको भनाइ थियो ।

लोडसेडिङ भएको भनेर गलत व्याख्या गरिएको निर्देशक शाक्यको दावी रहेको छ ।