आर्थिक

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

१४ साउन,काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार बुधबारका लागि अमेरिकी डलर एकको खरिददर १ सय ३८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १ सय ६० रुपैयाँ २८ पैसा र बिक्रीदर १ सय ६० रुपैयाँ ९८ पैसा ,युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय८५ रुपैयाँ र बिक्रीदर १ सय ८५ रुपैयाँ ८० पैसा , स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ७२ रुपैयाँ १५ पैसा र बिक्रीदर १ सय ७२ रुपैयाँ ९० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २० पैसा र बिक्रीदर ९० रुपैयाँ ५९ पैसा , क्यानेडियन डलर एकको खरिददर १ सय रुपैयाँ ७७ पैसा र बिक्रीदर १ सय १ रुपैयाँ २१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय ७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १ सय ८ रुपैयाँ १० पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३३ पैसा र बिक्रीदर नौ रुपैयाँ ३७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ३२ पैसा र बिक्रीदर १९ रुपैयाँ ४० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ११ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३८ रुपैयाँ १९ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २७ पैसा र बिक्रीदर चार रुपैयाँ २९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८८ पैसा, साउथ कोरियन वन १ सय को खरिददर ०९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १० रुपैयाँ ०३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ३८ पैसा र बिक्रीदर १४ रुपैयाँ ४४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ४८ पैसा र बिक्रीदर २१ रुपैयाँ ५७ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७ रुपैयाँ ७३ पैसा, कुवेती दिनार एकको खरिददर ४ सय ५३ रुपैयाँ ७० पैसा र बिक्रीदर ४ सय ५५ रुपैयाँ ६६ पैसा, बहराइन दिनार एकको खरिददर ३ सय ६७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३ सय ६९ रुपैयाँ २७ पैसा, ओमनी रियाल एकको खरिददर ३ सय ६० रुपैयाँ ०२ पैसा र विक्रीदर ३ सय ६१ रुपैयाँ ५८ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १ सय ६० रुपैयाँ र बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।