समाचार

सत्तारुढ दल कांग्रेस र एमालेका शीर्ष नेताबीचको बैठक बालुवाटारमा जारी

१५ साउन, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीचको बैठक अहिले बालुवाटारमा जारी रहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा २ दलका शीर्ष नेताहरूबीच छलफल शुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको हो । प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले आफ्नै दलका कतिपय मन्त्रीसहित कांग्रेस र लोकतान्त्रि समाजवादी पार्टीका मन्त्रीहरू हेरफेरको मनस्थिति बनाइरहेको समयमा दुई दलका शीर्ष नेताहरूको बैठक बसेको छ।

बैठकमा यसै एजेन्डामा छलफल हुने स्रोतले जनाएको हो । कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री ओलीले केन्द्रीय कार्यसमितिको निर्णय पुनर्विचार गर्दै सरकारको कार्यक्षमता वृद्धिमा सघाउन आग्रह गर्ने स्रोतले जनाएको छ ।