राजनीति

डा. कोइरालाले धरान पुगेर भनेः ‘प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीका कारण स्वास्थ्य संस्था धराशायी बने’

१६ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयको अनावश्यक हस्तक्षेपका कारण स्वास्थ्य संस्थाहरु धराशायी बनेको आरोप लगाएका छन् ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सन् २००० ब्याजका एमबीबीएसमा अध्ययन गर्ने विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्। नियमनका नाममा राजनीतिक हस्तक्षेप बढ्दै गएको उनको दावी छ ।

अस्पताल र स्वास्थ्य संस्थाले भने जस्तो काम गर्न नसकेको उनको भनाइ थियो । स्वास्थ्य संस्थाहरुलाई स्वतन्त्र रुपमा काम गर्न दिनुपर्ने नेता कोइरालाको तर्क छ ।