शिक्षा

नर्सिङ क्याम्पसलाई गुणस्तर सुनिश्चितताको प्रमाणपत्र नदिएकोप्रति परराष्ट्रमन्त्री देउवाको चिन्ता

१८ साउन, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले महाराजगञ्ज नर्सिङ क्याम्पसलाई गुणस्तर सुनिश्चितता एवं प्रत्यायन (क्युएए) को प्रमाणपत्र नदिएकोप्रति चिन्ता व्यक्त गरेकी छन्।​

काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चिन्ता व्यक्त गरेकी हुन् । क्युएएको महत्व आफूले राम्रोसँग बुझेको समेत उनले बताएकी छन् । कुनै पनि साना कारण देखाइ व्यक्तिगत र राजनीतिक प्रतिशोध साँधेर शिक्षालयहरुलाई प्रमाणपत्र नदिनु दुःखको विषय भएको उनको भनाइ थियो।

क्याम्पसलाई की यि मापदण्ड पूरा गर् भन्नुपर्ने कि त क्युएए दिनुपर्ने मन्त्री देउवाको भनाइ छ। नर्सहरूले जीवनकै स्याहार गर्ने बताउदै उनले विदेशमा उज्वल भविष्यका लागि अध्ययन गर्न जाने तर उतै बस्ने नगरी अनुभव सिकेर स्वदेश फर्किर देश बनाउन आव्हान गरेकी थिइन् ।

मन्त्री देउवाले चिकित्सकले अप्रेसन गर्ने भएता पनि नर्सले जीवनकै हेरचाह गर्ने बताएकी छन्। उनले आफ्नो र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सर्जरी गर्नमा प्रतिष्पर्धा नै जस्तो रहेको बताएकी थिइन् । आफ्नो ९ वटा र प्रधानमन्त्री ओलीको १० वटा सर्जरी भएको समेत मन्त्री देउवाले स्मरण गरेकी छन् ।