१८ साउन, काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब ओम हस्पिटलमा उपचारसेवा लिदा १० प्रतिशत छुट प्राप्त हुने भएको छ भने हेल्थ चेकअप प्याकेजमा विषेश सहुलियत दिने भएको छ ।
उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन भने, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छुट सुविधाको लाभ लिन सक्ने आई.एम.ई. लाइफ इन्स्योरेन्स कं. लि हाथवे कम्प्लेक्स, लैन्चौर, काठमाडौंले बताएको छ ।





