२० साउन, काठमाडौँ । नेपाली काँग्रेसका बागमती प्रदेश सभापति एवं संसदीय दलका नेता इन्द्र बहादुर बानियाँ मुख्यमन्त्रीको नियुक्ति आज हुने भएको छ ।
केहीदिन अगाडीमात्र संसदीय दलको नेताबाट काँग्रेसकै मुख्यमन्त्री रहेका बहादुर सिंह लामालाई संसदीय दलको नेतामा पराजित गरेपछि बानियाँको बागमती प्रदेशको मुख्यमन्त्री हुने बाटो खुलेको हो ।
मुख्यमन्त्री बनेपछि आजै साँझ ४.०० बजे शपथ भएपछि बानियाँले औपचारिक रूपमा मुख्यमन्त्रीको पद सम्हाल्नेछन् ।





