शिक्षा

शिक्षा ऐन: शिक्षक महासङ्घले भदौदेखि देशव्यापी आन्दोलन गर्ने गर्‍यो निर्णय

२२ साउन, काठमाडौँ ।  सरकारसँग भएका सहमतिको पालना नभएपछि शिक्षक महासङ्घले भदौ दोस्रो सातादेखि भयङ्कर आन्दोलन गर्ने निर्णय गरेको छ । 

आजबाट शिक्षा ऐन जारी गर्ने समय सकिएपछि सरकारसँग बिच्किएको शिक्षक महासङ्घले भदौ दोस्रो सातादेखि देशभर आन्दोलन गर्ने निर्णय गरेको महासङ्घको अध्यक्ष लक्ष्मी किशोर सुबेदीले जानकारी दिएका छन् । 

शिक्षक महासँघ सरकारका तर्फबाट शिक्षामन्त्री रघुजी पन्तले शिक्षा ऐन जारी गर्ने विषयमा छलफलपछि सहमति गरेका थिए । 

लामो समयको आन्दोलन त्यही सहमतिपछि स्थगित गरिएको थियो ।