२३ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति आक्रोश व्यक्त गरेका छन् ।
काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आक्रोश व्यक्त गरेका हुन् । अध्यक्ष नेपालले पार्टीको विरुद्धमा बोल्ने र नेकपा एमालेबाट विद्रोहको औचित्य पुष्टि भएन भन्ने अभिव्यक्ति दिने हो भने एमाले अध्यक्ष केपी शर्मा ओलीकै सेवा गरेर बस्न नेता खनाललाई सुझाव दिएका छन् । उनले नेता खनाललाई ‘मिडियामा जाने पार्टीको विरोध गर्ने र विद्रोहको औचित्य छैन भने किन आउनुपर्यो भन्दै प्रश्न समेत गरेका थिए ।
पार्टीको प्रतिष्ठा बढाउनका लागि, पार्टी हितको रक्षा गर्नुपर्ने र पार्टी अनुशासन पालना गर्नुपर्ने उनले बताएका छन् । ओलीले संविधान विरुद्ध गतिविधि गरेकाले एमालेबाट विद्रोह गरेर नयाँ राजनीतिक दल बनाएर ठिक गरेको उनको दावी छ । संविधान जोगाउने मात्रै नभएर कम्युनिष्ट आन्दोलन बद्नाम गर्ने काम भइरहेको उनको तर्क छ ।
अध्यक्ष नेपालले नेपालको कम्युनिष्ट आन्दोलनलाई आफूहरुले जोगाएर ल्याएको समेत दावी गरेका थिए ।





