खेलकुद

एएफसी यू-२० महिला एसियन कप फुटबल खेलेर नेपाली टोली स्वदेश फर्कियो

२६ साउन, काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोट खेलेर नेपाली टोली स्वदेश फर्किएको छ ।

भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतबार भएको खेलमा नेपालले समूह ‘ए’ को आफ्नो अन्तिम खेलमा बलियो टिम उत्तर कोरियासँग ११-० गोलको पराकिलो अन्तरले हार व्यहोरेको थियो । त्यपछि सोही टोली सोमबार बिहान नेपालमा आइपुगेको छ ।

बलियो टिम उत्तर कोरियाले पहिलो हाफमा ५ र दोस्रो हाफका ६ गोल गरेको थियो । समूहको सबै ३ खेल जितेको उत्तर कोरिया ९ अंक जोडेर समूह विजेता बनेको छ ।

आगामी वर्ष थाइल्याण्डमा हुने एएफसी यू-२० महिला एशिया कप छनोटमा उत्तर कोरियाले खेल्ने बाटो तय गरेको छ ।