समाचार

जेएनजीले पत्र बुझाउँदै माग्यो अख्तियार प्रमुख प्रेम राईको राजीनामा

२१ असोज, काठमाडौँ ।  जेएनजी समूहले अख्तियार दुरुपयोग अनुसंधान आयोगका प्रमुख आयुक्त प्रेम राईको राजीनामा माग गर्दै पत्र बुझाएको छ । 

आज राईको राजीनामा माग गर्दै टंगालस्थीत कार्यालयमा गई राजीनामा दिन आग्रहसहित पत्र बुझाएको हो । 

सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको पनि राजीनामा माग गरेको जेएनजीले आज प्रेम राईको राजीनामा माग गरेको हो । भदौ २३ र २४ गते आन्दोलन गरी केपी शर्मा ओलीलाई राजीनामा दिन बाध्य बनाएको जेएनजीले अहिले संवैधानिक निकायमा प्रमुखहरूको राजीनामा लाई मुख्य एजेन्डा बनाएको छ ।